Sunday, June 7, 2015

हामी नेपाली

Nepali Nepali hami Nepali

(शब्दः डा. नवराज सुब्बा, संगीतः साजन राई, स्वरः साजन राई, नितु गोस्वामी र सरिता राई)

नेपाली नेपाली हामी नेपाली
मधेसी होस् वा जनजाति हामी नेपाली
दलित होस् वा तागाधारी हामी नेपाली
हिमाल पहाड तराई माटोको रङ्ग एउटै छ
शर्मा सेर्पा थारू राई रगतको रङ्ग एउटै छ ।

मेचीमा घाम झुल्कँदा कालीको शीत पग्लिओस्
हिमाल पग्ली झरेर मैदान सारा भिजाओस्
थिचो र मिचो टिक्दैन, उच र नीच नसम्झौं
मिलेर फूलबारीमा बराबर माया रोपिदिऊँ ।

थर हो मान्छे चिन्नलाई होइन छुटिई जानलाई
आपसमा हामी मिलेर मानिस एक बन्नलाई
विदेश राम्रो भन्दैमा दियोको पुतली नबनौं
जन्मेको माटोपानीलाई चटक्कै हामी नबिर्सौं ।

नेपाली नेपाली हामी नेपाली
बुद्ध या हिन्दू, इसाई या मुस्लिम हामी नेपाली
धनी या गरिब, मजदुर या मालिक हामी नेपाली ।