Poems
Nawa Raj Subba
Just as him, and exactly as him !
There are none others
To dream sweet dreams than I am
There are none others
To have sweet imagination than I am
There are none others
That have danced with Apsaras than I am
Has anyone tasted the taste of Amrit?
Yes I have, but in the sweet dreams
Alas! This reality, becomes just opposite
And it makes me an owl of the times
I open the eyes and observe
The schools in dream
……….. as buncker and barackes now
Motherland and peace-hills
……….. as captured battlefield now
Just a minute ago in dream were there
The soft fingers to garland and share
Turned over the carrier of weapons
That are targeted to me !
Oh!
What is to be seen?
I have no vision and owl-eyes only
Though I have the wings and no fly
I have the free sky but no destination
I see myself in mirror these days
None other than myself again
A pitiful owl and just an owl.
(Translation: Bidhan Acharya)
आफूलाई ठ्याक्कै
लाटोकोसेरो देख्छु
हुन त
मैले भन्दा राम्रो सपना
खै कसले देखेको होला र !
मेरो भन्दा मीठो कल्पना
कसले गरेको होला र !
स्वर्गकी परीसित म जति
नाचेको कसले होला र !
कसले चाखेको होला अमृतको स्वाद ?
त्यो मैले चाखेको छु तर सपनामा
साला ! यही विपना एउटा पो
ठ्याक्कै उल्टो भइदिन्छ र
मैले उल्लु बन्नु परेको छ
यसो आँखा उघार्छु
सपनामा देखेका विद्यालयहरू
विपनामा बङ्कर र ब्यारेक देख्छु
जन्मभूमि, शान्तिभूमिलाई
पराईभूमि र युद्धभूमि देख्छु
एकैछिन अघि सपनामा
फूलै फूलले स्वागत गर्ने हातहातमा
हतियारै हतियार बोकेको देख्छु
जो चारैतिरबाट मैतिर तेर्सिएका छन्
उफ् !
यो सब् म के देख्छु ?
मेरा ठूल्ठूला आँखा छन् मात्र दृष्टि छैनन्
पखेटाहरू पनि छन् केवल उडान छैनन्
छ स्वतन्त्र आकास, फगत गन्तव्य छैनन्
ऐनामा म आजकल
सायद अरू हैन आफू नै देख्छु
अचम्म ! टीठलाग्दो उल्लु देख्छु ।
मसँग गफ मिल्ने
अर्थात् मलाई बुझ्ने यो घरमा
मेरा यिनै पुराना जुत्ताहरू मात्र
बाँकीरहे अब !
तर यी पुराना जुत्ताहरू
कहिले यो कुना कहिले त्यो कुनामा राख्छु र मिलाउँछु
कहिले यता सार्छु, कहिले उता सार्छु र थन्क्याउँछु
यिनीहरूलाई राख्ने, थन्क्याउने ठाउँ कतै पुग्दैन
भण्डारमा अरूहरूलाई ठाउँ पुगेको छैन
भ¥याङको कुना पनि अब यिनको भएन
सबै ठाउँ छोरा, नातिका सुत्ने कोठा,
पढ्ने कोठा र बैठकमा बद्लिएको छ घर
राख्ने ठाउँ कुना कतै पुगेन
यी पुराना जुत्ताहरूलाई अब
यो घरमा
काम नलाग्ने थोत्रा राख्न सुहाउँदैन भन्न थालियो
तर यिनलाई फालिहाल्न पनि माया लाग्छ
सम्झन्छु,
कुनै बेला यिनै जुत्ता मेरा पाइलाहरू थिए
जसले मेरा दुःख सुखमा साथ दिएका थिए
घामपानी, सफलता, विफलतामा पनि सँगै थिए
यही घरमा कुनै समय यिनै जुत्ताहरू
हातले मोल्दै टल्काइन्थ्यो र लगाइन्थ्यो सानले
यात्राको पहिलो र अन्तिम छाप लगाउने यिनै हुन्थे
आज त्यही घरमा
पुराना भएपछि यिनको बस्ने ठाउँ गुमेको छ
सुरक्षित हुने अधिकार पनि खोसिएको छ
अब नसुहाउने भएका छन् रे
यी पुराना जुत्ताहरू
मेरो जीवन जस्तै ।
फाटेका जुत्ताहरूलाई
आफ्नो वरिपरि राखेर
अन्तिमपटक आज सुम्सुम्याउँदैछु
त्यो जुत्ता म बेहुला हुँदा लगाएको जुत्ता हो
ऊ त्यो चाहिँ बेहुलाको बाबु हुँदा लगाएको जुत्ता हो
अनि यो जुत्ता चाहिँ हजुरबुबा हुँदा लगाएको जुत्ता हो
आज एकैठाउँ पोको परेर फाल्नअघि
यी जुत्ता र आफूलाई एकसाथ सुम्सुम्याउँदैछु
फाल्नअघि घोरिन्छु र सुन्छु
जुत्ताहरू एक स्वरमा भनिरहेछन्-
घरको कुनामा बसेर
आफ्नैसित कति गुनासा गर्छौ स्वामी π
व्यर्थ नखसाऊ आँखाको पानी
बरु हिँड जाऊँ कतै
आखिर, तिम्रो नियति पनि
हाम्रै जस्तै भएको छ
यो घरमा ।
शिलान्यास भएर पनि
बन्न नसकेको पुल छ भद्रपुरमा
जहाँबाट थुप्रै गुनासा दिनहुँ ओहोरदोहोर गर्छन्
आवतजावत गर्ने गर्छन् भाषण र योजनाहरू
कुरो छिनेर पनि कारणवश विहे हुन नसकेकी
कुनै बूढिकन्या जस्तो छ भद्रपुर नगर
टनटनी दुख्ने तर नदेखिने
अव्यक्त, अतिक्रमित डाम
सुम्सुम्याउँदै बसेको
भद्रपुर नगर
भद्रपुरमा
अलि वर
एउटा मोड छ- अस्पताल मोड
बर्ड-फ्लूले चपाएर बाँकी रहेका
ब्यायलर कुखुरा बेच्दै बसेको छ,
अनि त्यसको अलि वर छ
अर्को रमाइलो सगरमाथा चोक
जहाँ हरेक बिहान
उज्यालो खस्न नभ्याउँदै
बाटैमा खसी काटिन्छन्
सुँगुर ढालिन्छन्
र ग्राहक लोभ्याउने बहानामा
रक्ताम्मै पारिन्छन् भुइँ र बाटो
छरपस्ट फिँजाइएका मासु र आन्द्राभूँडी
मन्दिर जाने यात्रुलाई गिज्याउँछन् एकाबिहानै
यहाँ हिंड्दा
मेरो शिरमाथि भुर्रर्र उड्दै काग
सधैं एउटै माग राख्छ-
‘काग’ ‘काग’
तपाईं यसलाई के बुझ्नुहुन्छ कुन्नि
म चाहिँ ‘पुल’ ‘पुल’ भनेको सुन्छु
अर्थात्
‘मेची पुल’ भनेर बुझ्छु यहाँ
भद्रपुरमा ।
बिर्खेको घरमा आज दशैं आएको छ
केही दिन भए पनि खुशी छाएको छ
केटाकेटी रमाएका छन्
मक्किएको धोती फेरिएको छ
जगतमान जगतमा सबै पराई छन् भन्थ्यो
सन्तान लाखापाखा लागे भन्दै छट्पटिन्थ्यो
आज आफन्तै आफन्तले घेरिएको छ
समृद्धिको छाक खाएको छैन भन्थ्यो गरिबदास
पेटभरि खाएर आज आत्मसन्तुष्ट भएको छ
विजयले कहिल्यै धाप मारेको छैन भन्थ्यो दुनियाँ
ऊ पनि विजयको टीका र
शुभकामना बाँड्दै घरघर घुमिरहेको छ
मलाई
सुटुक्क दशैंसित
एउटा कुरा सोध्न मन लाग्छ
केवल पाहुना भएर मात्र आउँछौ तिमी
के यो लालबाबुको घरमा सदा बस्न मिल्दैन ?
बजाउँछु ढोल सधैं यी कर्मशील हातले
मिलेर रोप्छौं समृद्धिका बोटैबोट बाटाभरि
तिमी हर आँगनीमा
सयपत्रीझैं झपक्क फक्रिदिए हुन्थ्यो
झुल्किदिए हुन्थ्यो विजयको टीका
फूलमायाको निधारमा
टल्किदिए हुन्थ्यो नअस्ताउने गरी
दिलमायाको आकाशमा
शान्ति, समृद्धि, सद्बुद्धि
अनि विजयको टीका
कहिल्यै नझरिदिए हुन्थ्यो
कमसेकम
अभागी
निधारमा ।
टेम्स नदीले मलाई सोध्यो
उता बाग्मतीको के हाल खबर छ ?
डराईडराई
लजाईलजाई
जवाफ दिएँ
यता आउने बेलामा
म उनैको आँगन भएर आएँ
तर खै उनलाई देखिन
कतै ढलले किचिएर छेलिएर
बसेकी होलिन्
बग्न नपाएको पनि
धेरै भइसक्यो भन्थिन्
टेम्सले मलाई किनारमा उतारेर
बाग्मतीलाई सन्देश
हातमा थमाउदै भन्दिनू
भनिन्-
शहरको बीचमा स्वच्छ भएर
बग्नु मैं नदीको जीवन रहेछ
वारिपारि गर्ने यात्रीलाई डुङ्गामा हालेर
कोक्रोमा बच्चा हल्लाएझैं
छातीमा रहर खेलाउनुको
आनन्द बेग्लै रहेछ
नपत्याए फूर्सद मिलाएर
एकपटक मलाई हेर्न आऊ
तिमीलाई निम्तो छ
जहाजबाट ओर्लेर
पहिले बागमती जानूछ
तर मलाई थाहा छैन
आज पनि उनलाई
भेटछु कि भेट्दिन
उनको खबर
म हात लाउन
पाउँछु कि पाउँदिन ।
यो देशमा
राजा थिए
उनका वरिपरि
कवि, कलाकार
गायक, इतिहासकार थिए
जो राजाको स्तुति गाउँथे
राजा प्रशस्ति लेखाउँथे
र कृत्रिम इतिहास रचाउँथे
आज
यही देशमा
राजा छैनन्
तर बाँकी सबैसबै छन्
राजाको बानी ज्यूँदै छ
जो सरुवारोग भई सरेको छ
नेता, अभिनेता साहित्यकारलगायतका
‘कार’ हरूमा यो बानी सरेको छ
सबैमा राजाको भूत चढेको छ
आज यो देशमा
राजा बन्ने होड चलेको छ ।
म सत्य सत्य बोल्दैछु
आमाको परिभाषा म केवल आमा बुझ्दछु
जोड्दछु नाता नानाथरि
तर कदापि तोड्दिनँ यो नाता
कतिन्जेल केरिरहन्छौ
हिरासत–मुक्त गरिदेऊ मलाई
अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ !
भन, ती को हुन् ?
जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन्
माया गरेर बुई चढाइन्
उनैको शरीरमा दिसापिसाब गरे पनि
पखालेर म्वाइँ खाइन्
भन, काँडाले घोच्दाखेरि
हिँड्दा ठेस लाग्दाखेरि
बताऊ ए आरोपित π
रगत बग्दा तिम्रो मुखैमा
पहिले को आइपुग्छ ?
भन ! नसेलाउने न्यानो काख
र कहिल्यै ननिभ्ने आँखा कोसँग हुन्छ ?
अनि कसका छातीभित्र
दुःखको अपार सगर मात्र हैन
अथाह सुखको सागर पनि छ ?
ऐय्या, अब भो !
कति मीठा नमीठा सवालहरूले हिर्काइरहन्छौ !
ल भैगो म मेरो आत्मै खोलिदिन्छु
हो श्रीमान् ! विकल्प सबै कुराको छ
तर छैन विकल्प जननीको
हुँदैन विकल्प आमाको
आमा निर्विकल्प सत्य हुन् ।
उहिले सानामा रूँदाखेरि
‘लौ हाँस हाँस मेरो बाबु’ भन्थिन् आमा
आज म आत्मसमर्पण गर्दै
कठघराबाट उद्घोष गर्दैछु-
आमा ! एकफेर हाँसि देऊ न !
तिम्रो मुस्कान फर्काउन
म हिमाल भएर ठि…ङ्ग… उभिएको छु ।
तिमी जहाँ छौ म त्यहीँ छु
आखिर म नै तिमी र तिमी नै म हुँ
तिमी मेरो मुखमा झुन्डिएकी छौ
हृदयमा मुस्कुराइरहेकी छ्यौ आमा !
तिमी मेरो आत्माझैं अमर छौ
दूबो, ढुङ्गा छोएर बोल्दैछु-
आमा ! तिमी आत्माझैं अमर छौ ।
घरीघरी ठोक्किन्छ भोकका भित्तामा
बिसाएर पीरका भारी बजाउँदै मुर्चुङ्गा
दन्त्यकथा बौराउन खोज्छ कुनै राजकुमारको
साइँला साइँलीको गाग्री र ढाकरले
पार नपाएको त्यो अपार थुप्रो मात्र नभन न गाँठे !
जुरेलीको जुरो हो मेरो पहाड
तर, हेर्दाहेर्दै समयको गहिरो पहिरोजस्तै
रगतका नाता गुरुत्वका बाचा तोड्दै
खहरे, खोला र नदीहरू
पहाड नाध्दै कुल्चँदै उँधै झरे
ए दुःखी पहाड !
त्यहीँ बस है भन्दै
आफ्ना खुट्टा लागेपछि
वीरे लाहुरे बन्न तलै झर्यो
लेखपढ गर्छु भन्दै चाउरे पनि उँधै झर्यो
बटुवाहरू रूँदै झरे
दुःखको त्यो पहाडले
कति दुःखले जन्मायो होला
लाहुरे, चाउरे र बटुवाहरू
सबैले बहानावश छाडिगए
यसरी जीवन दुख्नुको प्रतीक बनेछ पहाड
परदेशी लाहुरेदाइको सम्झनामा
विरक्तिएको भाउजूको मन बनेको छ पहाड
बर्सेनि आगाले खाने वन बनेको छ पहाड
तैपनि पौरखी पाइलाले टेक्न मानेनन् भनेर
गुनासो गर्दैन मेरो पहाड
मानौ पर्यटककै लागि बनेका हुन्
केवल पासपोर्ट र नागरिकतामा लेखिन उभिएका हुन्
मेरा हिमाल र पहाडहरू !
के नागरिकतामा लेखिने जन्मस्थान मात्र हौ पहाड ?
के पासपोर्टमा लेखिने स्थायी ठेगाना मात्र हौ पहाड ?
एक पटक पासपोर्ट भएर म तिमीलाई सोध्दैछु
सहर भनेपछि हुरुक्कै हुने सन्तान
किन जन्मायौ पहाड ?
हेर पहाडमा त !
आसैआसको सपना फुल्छ
तर के गर्नु ओइलिन्छ सधैं
दुःखी आँखा रित्ता पेट
ढिकीजाँतो पनि थकाइ मारेर
दसैं पर्खिरहेछन् त्यहाँ !
साउने–झरीमा दुःखी घुम ओढ्दै
कान्छी, अन्तरी र जन्तरीहरू
छुपुछुपु खेतमा धान रोप्छन्
धानजस्तै एकदिन जीवन
हा“स्दै फल्ला कि भनेर !
पहाडमा
खेतमा पानी जत्ति लगाऊ
जत्ति नै रोप माया तर खै
त्यहाँ पानी सधैँ उँधै बग्छ
जति रोके पनि
खेतका आली-कान्ला नाघेर
बग्दै जान्छ पानी
कुला, खोल्सा, खोला, नदी सबै
गुरुत्वाकर्षण तोड्दै-मोड्दै
अरूका प्रदेशतर्फ आकर्षित हुन्छन्
अन्ततः कुनै खाडीमा भासिन्छन्–मासिन्छन्
यता पहाडका छातीभरि
अभाव-असन्तोषका घाँसपातहरू
बस्तुबाख्राले पनि खाई नसकेर
गम्लङ्ग छोपेको छ फूलमायालाई !
म पनि त पहाडबाट झर्दा
पहाडमा देउराली थियो
मायाका उकाली डाँडा थिए
जहाँबाट तल हेर्दा
छाडिजाने गाउँको मायामा
एक थोपा बिदाइका आसुँ अनि
पुगिने ठाउँको सम्झनामा
खुसीका अर्को थोपा आसुँ पुछ्दै
देउरालीको शिरमा
आफ्नो मुटु एउटा ढुङ्गो थपेंथें
नमरिबाँचे दैवले साँचे भेटौंला है ! भन्दै
भाकलका पहाड त्यहीँ छाडेंथें ।
उक्लेर म
सम्झनाका पहाड
आज लौ यो के देख्दैछु !
मैले त मेरो पहाड र दुःख
त्यही छाडिआएँ भन्थें
त्यो त संगै पो आएछ मसंगै टाँस्सिएर
अनुहारमै यी अर्को पहाड जन्मेछ
देखेनौ लालबाबु !
हेर त यी मेरा आँखामा ।
मेची पुल तरेर
बिछोड हुँदा पनि
कसैका मायाले रोकेनन्
नदीमाथि कोरेका सीमाले
कतै छेकेनन्
म सतार !
गएँ आफैँलाई बिर्सेर
जब आफ्नो माटामा
आफैँ बिरानो भएपछि
मेरो हिँड्ने बाटो नै
परदेश लागेपछि
अस्तित्व खोसिएपछि
नाता–नागरिकता नभेटेर
चपाइएपछि धपाइएपछि
म आदिवासी !
ताराझैँ झरेँ
मेचीनदी तरेँ !
यसरी जन्मभूमि गुमाएको मातमा
सायद निरर्थक सम्झना र
सम्बोधन गर्दैछु-
अब तिम्रो जनगणनामा !
सङ्ख्या घट्नु बढ्नुको
कुनै अर्थ रहेन मलाई
तिम्रो मानचित्रमा
भोक र रोग मेट्ने
सूत्र कोरिनुको
मतलब छैन मलाई अब !
यत्ति बुझ-
फूलबारीको एउटा थुँगा झरेछ
फूलबारीको एक कुना
सेपिएछ, हेपिएछ र चर्किएछ
नदी रोकिएछ र तरेछ सतार
पुलले सकेनछ मन जोड्न
मेची नदी तर्दै ऊ कतै चुहिएछ !
बिदाइमा हल्लने ए हातहरू ! पातहरू !
मलाई खोज्दै कोही आए भन्दिनू
यहाँबाट वनसाङ्लाका पीरले
दुखेको मन माटामै पुरेर
घरसाङ्लो कतै हिँडेछ
चुँडाएछ घाँटीको दाम्लो अनि
बस्तुभाउ पनि खोलिदिएछ
सतार साथी मेची तरेछ
यसरी एउटा मन
हेर्दाहेर्दै आँखैबाट पोखिएछ ।
(नोट- सतार एक आदिवासी जनजाति हो जो नेपालको झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्दछ ।)
कस्तो हुन्छ होला भन्थे सबै
आज त्यही सालिक ढलेको छ
सबैलाई देब्रे पार्ने सालिक
आज गिरेको छ
बीच बाटोमा दिउँसै यात्री तर्साउने
सालिक आफैँ तर्सेर हिँडेको छ ।
मान्छे हिँड्नलाई
आज सडक साँगुरो भएको बेला
सडक ढाकेर बस्ने अझ
यात्रुसँग घरीघरी निहुँ खोज्ने सालिकलाई
मालिक बन्न खोज्ने सालिकलाई
ठेगान लाएका छन् यात्रीले
हिँड्ने बाटो आज फराकिलो भएको छ
सालिकविनाको सडक
हुन पनि हो
सबै बटुवा
सधैँ लठुवा
कहाँ हुन्छन् र !
माघीसँग डर लाग्छ आमा !
मलाई यो माघमा
तिम्रो न्यानो काख छाडेर
महाजनको घरमा
जान पटक्कै मन छैन !
भोक लाग्नुको अपराधमा
आङ ढाक्न खोज्नुको सजायस्वरूप
जानुपर्यो मैले परायाघर
अब तिम्रा दूधले मेरा पेट भरिएनन् आमा !
तिम्रा मायाले मात्र अब मेरा लाज छोपिएनन् बा !
पापी पेट र पापी शरीरकै लागि
म आज बेचिनुपर्यो अर्काको घरमा
यो झुप्रो छाडेर त्यो दरबार जान बन्दै मन छैन
मलाई !
तर
मेरा बाआमा नै
बिदा गर्दैछन् मलाई
म के गरौँ के नगरौँ !
लाग्छ, म चर्न जाँदैछु पेट भर्न
रहर बेच्दैछु लाज ढाक्न
मलाई आफ्नै घरबाट लखेट्न
किन आउँछ यो माघी हरसाल ?
म दुःखी कम्लहरी
अब दुःखमै मर्छु होला !
जाने बेलामा
यत्ति त भनिदेऊ आमा !
मलाई सुत्ने बेलामा
त्यहाँ कसले कथा सुनाउँछ ?
(नोट-पश्चिम नेपालमा थारू जातिका छोरीलाई सातआठ वर्षको उमेरमा साहू–महाजन, जमिनदार एवम् कर्मचारीका घरमा कामका लागि पठाउने प्रथा कम्लहरी हो ।)
मन्दिरभित्र
ईश्वर मूर्तिमा मुस्कुराइरहेछ
मन्दिरबाहिर
ईश्वर सशरीर रोइरहेछ
भक्तहरू मूर्तिमै झुम्मिएका छन्
ढोकैनेर जीवन ओछ्याएर
एउटी दीनहीन आमा
माघको जाडामा
रोइरहेको बच्चालाई
स्तनपान गराउँदैछिन्
एक हात बच्चाको शिरमा
अर्को हात श्रद्धालु आँखातिर फैलाएर
आनासुकी दया टिप्दैछिन् !
भगवान् एकातिर
भिखारी भेषमा धुरुधुरु रोएका छन्
अर्कातिर बच्चाको ओठमा मुस्कुराएका छन्
ईश्वरका रूपहरू देखेर
म साँच्चै अल्मलिएको छु यस बेला
खै कता चढाऊँ भेटी
कतातिर फर्केर ढोगौँ
कता फर्काउँ पिठ्यूँ
कतातिर फर्केर गरौँ पूजा !
मन्दिरमा ।
जताततै
मुकुन्डामा छेलिएर मान्छे
मान्छेलाई नै तर्साइरहेछन्
आपसमा तीर, पीर सबै बर्साइरहेछन्
अनगिन्ती निसानाबाट जोगिँदै
कताकता भागौँ म ?
डसिँदै कहाँ कहाँ लखेटिऔँ म ?
चिन्दिनँ खै ! को मान्छे ? को हो !
केवल मुकुन्डै-मुकुन्डा मात्र छन् !
खै ! देखिन्न
मुकुन्डाभित्र कोही
हाँसेको छ कि रिसाएको छ
पढ्नै सकिन्न
मुकुन्डामा छोपिएर कोही
बोल्दैछ कि बर्बराउँदैछ
सबै मुकुन्डोधारीहरू
साना प्वालबाट दुनियाँलाई
नियाल्छन् र प्रहार गर्छन्
लाखे नाचेको भन्दै
दुनियाँ तर्साइरहन्छन् ।
ओहो !
कत्रो छलछाम रहेछ
यो अभिनयमा
कति बेइमानी रहेछ
यो युद्धमा
जसले जति राम्रो
मुकुन्डो भिर्यो
जित उसैको हुँदोरहेछ
जसले मुकुन्डो
जति धेरै लगायो
युद्ध उसैले जित्दोरहेछ ।
अचम्म !
मुकुन्डाका ती साना प्वालबाट
मान्छे चिथोर्न गजब हुँदोरहेछ
मुकुन्डाको आडमा लुकेर
भुक्न अझ मजा आउँदोरहेछ
यसरी आफूखुसी डस्न मात्र हैन
मुकुन्डो लगाएपछि त
नाङ्गिएर मच्चीमच्ची नाच्न पनि मिल्दोरहेछ ।
यसैले होला
मान्छे प्रायः
मुकुन्डो भिर्ने गर्छन्
युद्धको नियम मिच्दै
छेलिँदै प्रहार गर्छन्
सायद
म
अघोषित युद्धमा धकेलिएको छु
बच्नलाई अर्थात् बाँच्नलाई नै
मुकुन्डाबाट लखेटिएको छु ।
रातो अचानामा बगेको महाभारत
पढ्ने आँखा अझै उघ्रेनन्
द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो
जीवनहरण दिउँसै भइरहेछ
नारीलाई बोक्सी आरोपित गरेर
लछारपछार गर्दै दुनियाँ
जननीको गला निमोठ्दै छ
मानवशून्य बन्दै मान्छे
दिसापिसाब मुखमा बलात् कोच्दैछ
घाँटी थिचेर चीत्कार दबाइँदै छ
यसरी एउटी अबलाको जीवनयात्रा
निषेध भएको छ ।
निर्धो हुनाको कारण
कहीँ अछूत हुनुको कारण
अपजसका भारी बोकाउन
जताततै म पुत्ला बनाइएकी छु
बाँच्ने सारा आकाङ्क्षा निमोठ्दै
आँगनैमा
मृत्युदण्डको घोषणा सुनाइएको छ
अचानामाथि उभ्याइएकी छु
छिनमै गल्र्याम्म ढल्दै छु
उनिँदै छु अङ्गुलिमालका मालामा
सुन्छु तमासा हेर्नेका ताली मात्र
यो उपद्रव छेक्ने हात खोइ उठेका ?
जीवन हिँडिरहेको हरफलाई
पूर्णविराम लगाइएको बेला
यो अत्याचारविरुद्ध
कलमका बिर्का खोइ खोलिएका ?
मान्छे मान्छे छेक्ने गरी
मनभित्र पर्खाल किन ठड्याइएका ?
हरबिहान
यही धरतीमा
खस्छन् ताराहरू
तर यसैमा दुःख लाग्छ
मेरो टाँगमुनिको
रातो अचानामा पोखिएका
रगतका नाता सुमसुम्याउने
कुनै हृदय अझै ओर्लेनन्
कुनै आँखा
धरतीमा अझै खसेनन्
कहीँ उम्रेनन, टुसाएनन् कतै पलाएनन्
ताण्डवनृत्य पटाक्षेप गर्ने हात
ए नदी ! ब्यूँझ निन्द्राबाट
बुद्ध ! अब त उघार आँखा !
आउन त आयौ
तर माफ गर
अहिले हामी सडकबन्द
चुल्होबन्द गर्न व्यस्त छौँ
तर्साउनेसित तर्सेर
त्रस्त छौँ, अस्तव्यस्त छौँ ।
कृपया हामीलाई
दिनभर अघाउन्जेल जुध्न देऊ
धीत मरुन्जेल भिड्न देऊ
बाबुछोरा लड्न देऊ
भाइ–भाइ भिड्न देऊ
सासूबुहारी जुध्न देऊ
अरू के गर्नु खै !
सकिएन त ! हराउनुपर्नेलाई हराउन
आफैलाई एक पटक हराउन देऊ
पछि गरौँला हिसाब-किताब !
पर्यटक ! माफ गर
आज लुम्बिनी जाने बाटो बन्द छ
उड्ने, गुड्ने बाटो सबै बन्द छ
मात्र चालू के छ भने
हामी अत्यन्त व्यस्त छौँ
एकअर्काको केश गन्दै छौँ
एकअर्काको दाँत झार्दै छौँ
आपसका करङ सोझ्याउँदै छौँ
अलि सुहाएन रे !
अझै हामी शिशु नै छौँ !
पर्यटक महोदय
यस पटक स्वागत गर्न सकिएन
माफ गर !
हामी नेपाली अहिले
वीरतापूर्वक देश बनाउँदै छौँ ।
दश वर्षपछि
डराई डराई
ढोका उघार्दैछु !
कुनै बेला धपाइएथेँ यही घरबाट
आज केवल माकुरी जालो छ घरभित्र
न खाने चामल, न पकाउने भाँडाकुडा छन्
जूठो खाने न कुखुरा छन् न घाँस खाने बोका छन्
टाट्नामा
केवल म छु
बाबु गुमाएका टुहुरा लालाबाला छन्
साथमा मृत्यु कुरिरहेकी बूढीआमा छिन्
आज आफ्नै घरले पनि खै नचिनेजस्तो छ
एक लोहोटा पानी दिने हात छैनन्
एक छाक खुवाउने मन खोइ ?
ढिकीजाँतो पनि चल्न मान्दैन
नबोलीकन झोक्रिरहन्छ चुल्हो
कसरी टालौँ यो चुहिने छानो
मन त्यसै हुँडलिएर आउँछ
छोराछोरीसामु
खै रुनु पनि कसरी
दिनरात घर सम्झें
र फर्केर आएँ
आफ्नै घर !
खोइ, छिमेकी मेरा
खोइ, धारापधेँरा
खोइ, खेतबारी
खोइ, चौतारी
खोइ, हिँड्ने गोरेटो
कसलाई भेटौँ पहिले
कसलाई सोधूँ म
अनेकौँ मेरा यी जिज्ञासालाई !
यति बेला कता बिलाए ती तोतेबोली
कहाँ पोखिए तिम्रा ती चम्किला आँखा
ए नानी हो ! उठ, खोज त
तिम्रा सहिद बाको तस्बिर
छ कि कतै कुनामा
झुन्ड्याऔँ
मूलढोकामा ।
उसको नाकभित्र
घर छाउने खर सल्काउनुपर्छ
कलम, ज्यावल र झन्डाले
ठुङ्नुपर्छ उसको शरीर
तर्सने गरी हतियार पड्काउनुपर्छ
र उसका आँखा उघार्न
मान्छेकै रगतपानी छ्याप्नुपर्छ
यत्तिले नपुगे ठ्याप्पै चक्काजाम गर्नुपर्छ
नाक, मुख टालिदिनुपर्छ
अनि बल्ल उठ्छ ऊ
आङ तन्काउँदै !
ऊ उठेपछि पहिले
प्याला माग्छ
आँसुले भरिएको
अनि खाना माग्छ
बमले पकाएको मान्छेको रोस्ट
क्रमशः केटाकेटी खेल्ने सिङ्गो आँगनलाई
खानाखाने टेबुल बनाउँदै
सबै कुरा खान्छ लाजै नमानी खान्छ
चिचिलासमेत बाँकी नराखी खान्छ र डकार्छ
चराहरू भुरुर्र उड्छन् हच्केर !
हावाहुरी थामिएर
बिहान उज्यालामा हेर्दा पो देखेँ
हाम्रा बस्तीहरू जिन्दाबाद र मुर्दाबादले
जताततै माँडिएछन् र मैदान भएछन्
खेतमा रोपेका बोटबिरुवा, बाली पनि
ढलेछन् मान्छेका छातीमै,
लडेर मान्छेहरू उठ्दैछन् भुइँबाट
टक्टक्याउँछन् जीउका धूलोमैलो
ठोक्किएको घुँडा नदुख्याझैं गरी
रुन्चे हाँसो छर्छन् र
हिँड्छन् खल्च्याङ्ग खल्च्याङ्ग !
सबै थाहा छ मान्छेलाई
गन्तव्यको मूल्य
अनि थाहा छ
हिँडाइका दुःख, घाउ र पीडाको अर्थ
तर थाहा छैन
कहाँ पुगेपछि निको होला घाउ
कति हिँडेपछि बिर्सने होला पीडा
अनि थाहा छैन
अझै कति अञ्जुली सिन्दूर, समय र हृदय
लिलाम भएपछि मात्र
चुकाउला मान्छेले
क्रान्तिको मूल्य ।
ठिङ्ग उभिएको डरलाग्दो ठुटो भेटेँ
उसका पातहरू सबै डढेका थिए
हाँगाहरू सबै पिल्सिएका
फलहरू अचकल्टा पाकेका
आगाले पनि निल्न नसकेको
डढेको एउटा रूखको ठुटो भेटेँ !
उसले भन्यो
चुल्होमा बल्न म
हरेक दिन बन्चराले
चिरिदैछु,, काटिँदैछु र खिइँदैछु
न कुनै आकार छ मेरा न आधार नै
छ न कुनै रङ्ग, न ढङ्ग नै जीवनको ।
मैले उसको जीवनको अर्थ यसरी बुझें-
सदा अभावको चुल्होमा बल्ने
तिम्रो उर्जा र भाग्य
टीठलाग्दो मात्र हैन
सुन्दर पनि छ
अनि,
बुझिनसक्नु रहेछ तिम्रो नियति !
कति आकर्षक तिम्रो सौन्दर्य !
सायद कुनै कलाकारले अन्जानमै बनाएको
अमूर्त कला तिमी सुकुमबासी !
आँखा फेटाले छोपेर
साथी छुने खेल खेल्दथेँ म
तर आज
आँखा खोलेर पनि
कतै भेटिनँ तिमीलाई !
हे भगवान् !
सर्वत्र छामेर पनि
कतै पाउँदिनँ तिमीलाई
एउटा कुरा सोध्नु थियो-
के म अझै उस्तै छु
तिमीले सोचेजस्तै
बनाएजस्तै !
बगेर यहाँ आइपुग्दा
सती जानेको होड देखेर
आफै अल्मलिएँ !
सर्वाङ्ग भइ सबै
आँखा चिम्लेर उफ्रन्छन्
एकअर्कालाई तान्छन् ठेल्छन्
मलामीहरू !
डम्फू आ–आफ्नो छ
ताल, सुर अलग छ
झन्डा, डन्डाका छाल उर्लेको छ
सतीढुङ्गामा चढ्न उक्साउँदै छन् मलामी
उत्सर्गका लागि पालो पर्खदै छन् मान्छे
चीत्कार थिच्दै जयजयकार उर्लेको छ ज्वालामा
म अरुण एकछिन रोकिएको छु !
सरगम नमिलेर
घरीघरी अल्मलिन्छन् मलामी
कहिले हेर्छन खरानी बग्ने खोलातिर
हेर्छन् कहिले धूवाँ उड्ने आकासतिर
बग्दाबग्दै रोकिएर रमिता हेर्दैछु म !
सती जाने र मलामीको हुल देखेर
मर्नु बाँच्नुको दोसाँधमा
बग्नु नबग्नुको दोधारमा छु
मान्छे उचाल्नु धकेल्नुको अर्थ नबुझेर
अहिले म अल्मलिएको छु
दोभान नभेटेर दोधारमा
आज अचानक
सतीढुङ्गानेर ठोक्किएको छु
अक्मक्किएको छु, छट्पटिएको छु
म अरुण !
उहिल्यैदेखि डरलाग्दो थियो
हरेक यात्रुलाई तर्साउने
किच्लाझैं अड्किएको
ठूलो ढुङ्गा छेवैमा थियो
दिनहुँ हिड्नै पर्ने
चुनौतीको फेदैमा
एउटा गोरेटो थियो,
ए ! झन्डै भुलेंछु
डराई डराई
हिड्ने म थिएँ ।
धेरै बग्यो पानी तम्मर खोलामा
पहिरा धेरै गए भीर छातीहरुमा
नातिनातिना काखमा च्यापेर
म कथा सुनाउँदै छु
मृत्यु प्रतिध्वनित हुने
त्यो भीर र ढुँङ्गा
जहाँको त्यहीं छ
जस्ताको त्यस्तै छ
गोरेटो उही छ
केवल हिजो कोही थियो
आज मसँग तिमीहरू छौ
भोलि तिमीहरुसँग
अरु कोही हुनेछन्
नदीमा पानी उही बगेझैं
शरीरमा रगत उही रातै हुनेछन्
मनमा मृत्युको भय कालै हुनेछन्
फरक केवल पात्र र पाइलाहरु
सायद,
उही हुनेछन् भीर र गोरेटाहरु ।
ठिकै छ यार,
बॉचेकै छु
ढुकढुकी चल्दैछ,
सास फेर्दैछु
तारा सारा दिन गनेर भएनी
जिएकै छु मृत्युलाई छलेर
ढुक्क बाँचेकै छु ।
मलामी हिडेको छु
कैयौ अन्तिम अंजुली
फूल र माटो चढाएको छु
मुङलान जानेलाई
विदाईका हात
कैयौ पटक हल्लाएकै छु ।
दुख सुखका कुरा छोडौ यार
दुर्घटना, भीडन्त
अपहरण बाट
जतन गर्दा गर्दै
यो जीवन
जीवन नभएर के भो र
जीव भएर नी बाच्न त पाईयो
आउ, यसैमा खुशी मनाऊँ
अहो ! हामी धन्य रहछौं ।
कमसेकम आजसम्म रहेछौं ।
ऑधि चलिरहेछ
ढोका थुनेको छु
झ्याल, भेन्टिलेसनबाट
हावा धुलो आईरहेछ ,
ऑखा ठोक्किन्छन्
छतका चिराहरु नियालिरहेछु
तै कोठाभित्र सुरक्षित हुन खोज्छु ।
झुम्रोले रेडियोको धुलो पुच्छु
रेडियो भने घन्कंदैछ
“बेनीको बजार, जता माया, उतैछ नजर”…
माया गुरुङ्गको गीत बज्छ
तर, आज यो गीतमा मोहनी छैन
माया प्रितिका बाबरी वास्ना छैन
कठै के भए होलान्
यो गीत गाउने र नाच्ने
माया गुरुङ्ग र उनका साथीहरु
रेडियो घरीघरी समाचार दिन्छ
पॉचशय जना मरे मारिए
आज गीतको लय नै बेग्लै लाग्छ
मायैं माया फूल्ने
मायाको त्यो बेनी बजारमा
आज हिंसा फक्रिएछ ।
यता म भनें आज,
आफ्नो घरको भुई,छत, भित्तामा
चर्किएको चिराहरुमा चिरिन्छु
सिमलको भुवा मलाई नै पछ्याउंछ
पोईला जान पनि खै मनै छैन
भैगो लौ मोहनी फुकाई देऊ ‘माया’ !
यस पालिको चैत उदास उराठ छ ।
हामीले बोल्ने बुझ्ने भाषा
अनि एउटै अर्थ लाग्ने शब्दहरु
जब माकुराहरु जाल बुन्छन्
ब्याकरण र शास्त्र कोर्छन् पंडितहरु
तब शब्दार्थ तन्काइन्छन् चेप्टाइन्छन्
काखा पाखा लगाईन्छन् अर्थहरु
उभ्याइन्छन् भेदभावका पर्खालहरु
बन्दी बनाइन्छ शब्दावली
निर्बस्त्र चुटिन्छन्
छानी छानी शब्दहरु
न्याय नपाई शब्दहरु
सडक पाखा भौंतारिन्छन् ।
चपाइएका शब्दहरु
धरातलबाट धकेलिएका शब्दहरु
कविता, गीत र सडकमा
अटाई नअटाई ओइरिरहेछन्
संगीत र धूनमा पछारिएका छन्
मसीमा रुपान्तरित भएर
शब्दहरु पाना खोजिरहेका छन्
रगतमा अनुवाद भएर शब्दहरु
जीवन खोजिरहेछन्
शब्दहरु
खोसिएका अर्थ खोजिरहेछन्
जीवन खोजिरहेछन् ।
त्यत्ति माथि हिऊँमा जाडो नमानी
कंञ्चनजंघा र कुम्भकर्ण हात समाई
धान नाचेको देखेर
कम्मरमा तम्मरको पटुकी कसेर
मेरो हाङपाङ
चाँगे र छिन्ताङ सँगै
मरक्कै धान नाचिरहेछ
थाहै नपाई मेरो हाङपाङले
म सित मीठो माया साँटेछ ।
An Owl Am I
I see myself in mirror as an owlJust as him, and exactly as him !
There are none others
To dream sweet dreams than I am
There are none others
To have sweet imagination than I am
There are none others
That have danced with Apsaras than I am
Has anyone tasted the taste of Amrit?
Yes I have, but in the sweet dreams
Alas! This reality, becomes just opposite
And it makes me an owl of the times
I open the eyes and observe
The schools in dream
……….. as buncker and barackes now
Motherland and peace-hills
……….. as captured battlefield now
Just a minute ago in dream were there
The soft fingers to garland and share
Turned over the carrier of weapons
That are targeted to me !
Oh!
What is to be seen?
I have no vision and owl-eyes only
Though I have the wings and no fly
I have the free sky but no destination
I see myself in mirror these days
None other than myself again
A pitiful owl and just an owl.
(Translation: Bidhan Acharya)
म लाटोकोसेरो
आजकल म ऐनामाआफूलाई ठ्याक्कै
लाटोकोसेरो देख्छु
हुन त
मैले भन्दा राम्रो सपना
खै कसले देखेको होला र !
मेरो भन्दा मीठो कल्पना
कसले गरेको होला र !
स्वर्गकी परीसित म जति
नाचेको कसले होला र !
कसले चाखेको होला अमृतको स्वाद ?
त्यो मैले चाखेको छु तर सपनामा
साला ! यही विपना एउटा पो
ठ्याक्कै उल्टो भइदिन्छ र
मैले उल्लु बन्नु परेको छ
यसो आँखा उघार्छु
सपनामा देखेका विद्यालयहरू
विपनामा बङ्कर र ब्यारेक देख्छु
जन्मभूमि, शान्तिभूमिलाई
पराईभूमि र युद्धभूमि देख्छु
एकैछिन अघि सपनामा
फूलै फूलले स्वागत गर्ने हातहातमा
हतियारै हतियार बोकेको देख्छु
जो चारैतिरबाट मैतिर तेर्सिएका छन्
उफ् !
यो सब् म के देख्छु ?
मेरा ठूल्ठूला आँखा छन् मात्र दृष्टि छैनन्
पखेटाहरू पनि छन् केवल उडान छैनन्
छ स्वतन्त्र आकास, फगत गन्तव्य छैनन्
ऐनामा म आजकल
सायद अरू हैन आफू नै देख्छु
अचम्म ! टीठलाग्दो उल्लु देख्छु ।
पुराना जुत्ताहरू
आजमसँग गफ मिल्ने
अर्थात् मलाई बुझ्ने यो घरमा
मेरा यिनै पुराना जुत्ताहरू मात्र
बाँकीरहे अब !
तर यी पुराना जुत्ताहरू
कहिले यो कुना कहिले त्यो कुनामा राख्छु र मिलाउँछु
कहिले यता सार्छु, कहिले उता सार्छु र थन्क्याउँछु
यिनीहरूलाई राख्ने, थन्क्याउने ठाउँ कतै पुग्दैन
भण्डारमा अरूहरूलाई ठाउँ पुगेको छैन
भ¥याङको कुना पनि अब यिनको भएन
सबै ठाउँ छोरा, नातिका सुत्ने कोठा,
पढ्ने कोठा र बैठकमा बद्लिएको छ घर
राख्ने ठाउँ कुना कतै पुगेन
यी पुराना जुत्ताहरूलाई अब
यो घरमा
काम नलाग्ने थोत्रा राख्न सुहाउँदैन भन्न थालियो
तर यिनलाई फालिहाल्न पनि माया लाग्छ
सम्झन्छु,
कुनै बेला यिनै जुत्ता मेरा पाइलाहरू थिए
जसले मेरा दुःख सुखमा साथ दिएका थिए
घामपानी, सफलता, विफलतामा पनि सँगै थिए
यही घरमा कुनै समय यिनै जुत्ताहरू
हातले मोल्दै टल्काइन्थ्यो र लगाइन्थ्यो सानले
यात्राको पहिलो र अन्तिम छाप लगाउने यिनै हुन्थे
आज त्यही घरमा
पुराना भएपछि यिनको बस्ने ठाउँ गुमेको छ
सुरक्षित हुने अधिकार पनि खोसिएको छ
अब नसुहाउने भएका छन् रे
यी पुराना जुत्ताहरू
मेरो जीवन जस्तै ।
फाटेका जुत्ताहरूलाई
आफ्नो वरिपरि राखेर
अन्तिमपटक आज सुम्सुम्याउँदैछु
त्यो जुत्ता म बेहुला हुँदा लगाएको जुत्ता हो
ऊ त्यो चाहिँ बेहुलाको बाबु हुँदा लगाएको जुत्ता हो
अनि यो जुत्ता चाहिँ हजुरबुबा हुँदा लगाएको जुत्ता हो
आज एकैठाउँ पोको परेर फाल्नअघि
यी जुत्ता र आफूलाई एकसाथ सुम्सुम्याउँदैछु
फाल्नअघि घोरिन्छु र सुन्छु
जुत्ताहरू एक स्वरमा भनिरहेछन्-
घरको कुनामा बसेर
आफ्नैसित कति गुनासा गर्छौ स्वामी π
व्यर्थ नखसाऊ आँखाको पानी
बरु हिँड जाऊँ कतै
आखिर, तिम्रो नियति पनि
हाम्रै जस्तै भएको छ
यो घरमा ।
भद्रपुरमा
तीनपटकशिलान्यास भएर पनि
बन्न नसकेको पुल छ भद्रपुरमा
जहाँबाट थुप्रै गुनासा दिनहुँ ओहोरदोहोर गर्छन्
आवतजावत गर्ने गर्छन् भाषण र योजनाहरू
कुरो छिनेर पनि कारणवश विहे हुन नसकेकी
कुनै बूढिकन्या जस्तो छ भद्रपुर नगर
टनटनी दुख्ने तर नदेखिने
अव्यक्त, अतिक्रमित डाम
सुम्सुम्याउँदै बसेको
भद्रपुर नगर
भद्रपुरमा
अलि वर
एउटा मोड छ- अस्पताल मोड
बर्ड-फ्लूले चपाएर बाँकी रहेका
ब्यायलर कुखुरा बेच्दै बसेको छ,
अनि त्यसको अलि वर छ
अर्को रमाइलो सगरमाथा चोक
जहाँ हरेक बिहान
उज्यालो खस्न नभ्याउँदै
बाटैमा खसी काटिन्छन्
सुँगुर ढालिन्छन्
र ग्राहक लोभ्याउने बहानामा
रक्ताम्मै पारिन्छन् भुइँ र बाटो
छरपस्ट फिँजाइएका मासु र आन्द्राभूँडी
मन्दिर जाने यात्रुलाई गिज्याउँछन् एकाबिहानै
यहाँ हिंड्दा
मेरो शिरमाथि भुर्रर्र उड्दै काग
सधैं एउटै माग राख्छ-
‘काग’ ‘काग’
तपाईं यसलाई के बुझ्नुहुन्छ कुन्नि
म चाहिँ ‘पुल’ ‘पुल’ भनेको सुन्छु
अर्थात्
‘मेची पुल’ भनेर बुझ्छु यहाँ
भद्रपुरमा ।
दशैं
बन्द छलेर, कर्फ्यू तोडेरबिर्खेको घरमा आज दशैं आएको छ
केही दिन भए पनि खुशी छाएको छ
केटाकेटी रमाएका छन्
मक्किएको धोती फेरिएको छ
जगतमान जगतमा सबै पराई छन् भन्थ्यो
सन्तान लाखापाखा लागे भन्दै छट्पटिन्थ्यो
आज आफन्तै आफन्तले घेरिएको छ
समृद्धिको छाक खाएको छैन भन्थ्यो गरिबदास
पेटभरि खाएर आज आत्मसन्तुष्ट भएको छ
विजयले कहिल्यै धाप मारेको छैन भन्थ्यो दुनियाँ
ऊ पनि विजयको टीका र
शुभकामना बाँड्दै घरघर घुमिरहेको छ
मलाई
सुटुक्क दशैंसित
एउटा कुरा सोध्न मन लाग्छ
केवल पाहुना भएर मात्र आउँछौ तिमी
के यो लालबाबुको घरमा सदा बस्न मिल्दैन ?
बजाउँछु ढोल सधैं यी कर्मशील हातले
मिलेर रोप्छौं समृद्धिका बोटैबोट बाटाभरि
तिमी हर आँगनीमा
सयपत्रीझैं झपक्क फक्रिदिए हुन्थ्यो
झुल्किदिए हुन्थ्यो विजयको टीका
फूलमायाको निधारमा
टल्किदिए हुन्थ्यो नअस्ताउने गरी
दिलमायाको आकाशमा
शान्ति, समृद्धि, सद्बुद्धि
अनि विजयको टीका
कहिल्यै नझरिदिए हुन्थ्यो
कमसेकम
अभागी
निधारमा ।
टेम्स नदीको चिट्ठी
डुङ्गामा मलाई नौलो यात्रु देखेरटेम्स नदीले मलाई सोध्यो
उता बाग्मतीको के हाल खबर छ ?
डराईडराई
लजाईलजाई
जवाफ दिएँ
यता आउने बेलामा
म उनैको आँगन भएर आएँ
तर खै उनलाई देखिन
कतै ढलले किचिएर छेलिएर
बसेकी होलिन्
बग्न नपाएको पनि
धेरै भइसक्यो भन्थिन्
टेम्सले मलाई किनारमा उतारेर
बाग्मतीलाई सन्देश
हातमा थमाउदै भन्दिनू
भनिन्-
शहरको बीचमा स्वच्छ भएर
बग्नु मैं नदीको जीवन रहेछ
वारिपारि गर्ने यात्रीलाई डुङ्गामा हालेर
कोक्रोमा बच्चा हल्लाएझैं
छातीमा रहर खेलाउनुको
आनन्द बेग्लै रहेछ
नपत्याए फूर्सद मिलाएर
एकपटक मलाई हेर्न आऊ
तिमीलाई निम्तो छ
जहाजबाट ओर्लेर
पहिले बागमती जानूछ
तर मलाई थाहा छैन
आज पनि उनलाई
भेटछु कि भेट्दिन
उनको खबर
म हात लाउन
पाउँछु कि पाउँदिन ।
नेपालमाः हिजो र आज
हिजोयो देशमा
राजा थिए
उनका वरिपरि
कवि, कलाकार
गायक, इतिहासकार थिए
जो राजाको स्तुति गाउँथे
राजा प्रशस्ति लेखाउँथे
र कृत्रिम इतिहास रचाउँथे
आज
यही देशमा
राजा छैनन्
तर बाँकी सबैसबै छन्
राजाको बानी ज्यूँदै छ
जो सरुवारोग भई सरेको छ
नेता, अभिनेता साहित्यकारलगायतका
‘कार’ हरूमा यो बानी सरेको छ
सबैमा राजाको भूत चढेको छ
आज यो देशमा
राजा बन्ने होड चलेको छ ।
कठघरामा उभिएर
हो ! हो ! हो !म सत्य सत्य बोल्दैछु
आमाको परिभाषा म केवल आमा बुझ्दछु
जोड्दछु नाता नानाथरि
तर कदापि तोड्दिनँ यो नाता
कतिन्जेल केरिरहन्छौ
हिरासत–मुक्त गरिदेऊ मलाई
अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ !
भन, ती को हुन् ?
जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन्
माया गरेर बुई चढाइन्
उनैको शरीरमा दिसापिसाब गरे पनि
पखालेर म्वाइँ खाइन्
भन, काँडाले घोच्दाखेरि
हिँड्दा ठेस लाग्दाखेरि
बताऊ ए आरोपित π
रगत बग्दा तिम्रो मुखैमा
पहिले को आइपुग्छ ?
भन ! नसेलाउने न्यानो काख
र कहिल्यै ननिभ्ने आँखा कोसँग हुन्छ ?
अनि कसका छातीभित्र
दुःखको अपार सगर मात्र हैन
अथाह सुखको सागर पनि छ ?
ऐय्या, अब भो !
कति मीठा नमीठा सवालहरूले हिर्काइरहन्छौ !
ल भैगो म मेरो आत्मै खोलिदिन्छु
हो श्रीमान् ! विकल्प सबै कुराको छ
तर छैन विकल्प जननीको
हुँदैन विकल्प आमाको
आमा निर्विकल्प सत्य हुन् ।
उहिले सानामा रूँदाखेरि
‘लौ हाँस हाँस मेरो बाबु’ भन्थिन् आमा
आज म आत्मसमर्पण गर्दै
कठघराबाट उद्घोष गर्दैछु-
आमा ! एकफेर हाँसि देऊ न !
तिम्रो मुस्कान फर्काउन
म हिमाल भएर ठि…ङ्ग… उभिएको छु ।
तिमी जहाँ छौ म त्यहीँ छु
आखिर म नै तिमी र तिमी नै म हुँ
तिमी मेरो मुखमा झुन्डिएकी छौ
हृदयमा मुस्कुराइरहेकी छ्यौ आमा !
तिमी मेरो आत्माझैं अमर छौ
दूबो, ढुङ्गा छोएर बोल्दैछु-
आमा ! तिमी आत्माझैं अमर छौ ।
मेरो पहाड
पहाड छाती ठोक्छ नशामाघरीघरी ठोक्किन्छ भोकका भित्तामा
बिसाएर पीरका भारी बजाउँदै मुर्चुङ्गा
दन्त्यकथा बौराउन खोज्छ कुनै राजकुमारको
साइँला साइँलीको गाग्री र ढाकरले
पार नपाएको त्यो अपार थुप्रो मात्र नभन न गाँठे !
जुरेलीको जुरो हो मेरो पहाड
तर, हेर्दाहेर्दै समयको गहिरो पहिरोजस्तै
रगतका नाता गुरुत्वका बाचा तोड्दै
खहरे, खोला र नदीहरू
पहाड नाध्दै कुल्चँदै उँधै झरे
ए दुःखी पहाड !
त्यहीँ बस है भन्दै
आफ्ना खुट्टा लागेपछि
वीरे लाहुरे बन्न तलै झर्यो
लेखपढ गर्छु भन्दै चाउरे पनि उँधै झर्यो
बटुवाहरू रूँदै झरे
दुःखको त्यो पहाडले
कति दुःखले जन्मायो होला
लाहुरे, चाउरे र बटुवाहरू
सबैले बहानावश छाडिगए
यसरी जीवन दुख्नुको प्रतीक बनेछ पहाड
परदेशी लाहुरेदाइको सम्झनामा
विरक्तिएको भाउजूको मन बनेको छ पहाड
बर्सेनि आगाले खाने वन बनेको छ पहाड
तैपनि पौरखी पाइलाले टेक्न मानेनन् भनेर
गुनासो गर्दैन मेरो पहाड
मानौ पर्यटककै लागि बनेका हुन्
केवल पासपोर्ट र नागरिकतामा लेखिन उभिएका हुन्
मेरा हिमाल र पहाडहरू !
के नागरिकतामा लेखिने जन्मस्थान मात्र हौ पहाड ?
के पासपोर्टमा लेखिने स्थायी ठेगाना मात्र हौ पहाड ?
एक पटक पासपोर्ट भएर म तिमीलाई सोध्दैछु
सहर भनेपछि हुरुक्कै हुने सन्तान
किन जन्मायौ पहाड ?
हेर पहाडमा त !
आसैआसको सपना फुल्छ
तर के गर्नु ओइलिन्छ सधैं
दुःखी आँखा रित्ता पेट
ढिकीजाँतो पनि थकाइ मारेर
दसैं पर्खिरहेछन् त्यहाँ !
साउने–झरीमा दुःखी घुम ओढ्दै
कान्छी, अन्तरी र जन्तरीहरू
छुपुछुपु खेतमा धान रोप्छन्
धानजस्तै एकदिन जीवन
हा“स्दै फल्ला कि भनेर !
पहाडमा
खेतमा पानी जत्ति लगाऊ
जत्ति नै रोप माया तर खै
त्यहाँ पानी सधैँ उँधै बग्छ
जति रोके पनि
खेतका आली-कान्ला नाघेर
बग्दै जान्छ पानी
कुला, खोल्सा, खोला, नदी सबै
गुरुत्वाकर्षण तोड्दै-मोड्दै
अरूका प्रदेशतर्फ आकर्षित हुन्छन्
अन्ततः कुनै खाडीमा भासिन्छन्–मासिन्छन्
यता पहाडका छातीभरि
अभाव-असन्तोषका घाँसपातहरू
बस्तुबाख्राले पनि खाई नसकेर
गम्लङ्ग छोपेको छ फूलमायालाई !
म पनि त पहाडबाट झर्दा
पहाडमा देउराली थियो
मायाका उकाली डाँडा थिए
जहाँबाट तल हेर्दा
छाडिजाने गाउँको मायामा
एक थोपा बिदाइका आसुँ अनि
पुगिने ठाउँको सम्झनामा
खुसीका अर्को थोपा आसुँ पुछ्दै
देउरालीको शिरमा
आफ्नो मुटु एउटा ढुङ्गो थपेंथें
नमरिबाँचे दैवले साँचे भेटौंला है ! भन्दै
भाकलका पहाड त्यहीँ छाडेंथें ।
उक्लेर म
सम्झनाका पहाड
आज लौ यो के देख्दैछु !
मैले त मेरो पहाड र दुःख
त्यही छाडिआएँ भन्थें
त्यो त संगै पो आएछ मसंगै टाँस्सिएर
अनुहारमै यी अर्को पहाड जन्मेछ
देखेनौ लालबाबु !
हेर त यी मेरा आँखामा ।
सतारको सम्बोधान
भूगोल जोड्नेमेची पुल तरेर
बिछोड हुँदा पनि
कसैका मायाले रोकेनन्
नदीमाथि कोरेका सीमाले
कतै छेकेनन्
म सतार !
गएँ आफैँलाई बिर्सेर
जब आफ्नो माटामा
आफैँ बिरानो भएपछि
मेरो हिँड्ने बाटो नै
परदेश लागेपछि
अस्तित्व खोसिएपछि
नाता–नागरिकता नभेटेर
चपाइएपछि धपाइएपछि
म आदिवासी !
ताराझैँ झरेँ
मेचीनदी तरेँ !
यसरी जन्मभूमि गुमाएको मातमा
सायद निरर्थक सम्झना र
सम्बोधन गर्दैछु-
अब तिम्रो जनगणनामा !
सङ्ख्या घट्नु बढ्नुको
कुनै अर्थ रहेन मलाई
तिम्रो मानचित्रमा
भोक र रोग मेट्ने
सूत्र कोरिनुको
मतलब छैन मलाई अब !
यत्ति बुझ-
फूलबारीको एउटा थुँगा झरेछ
फूलबारीको एक कुना
सेपिएछ, हेपिएछ र चर्किएछ
नदी रोकिएछ र तरेछ सतार
पुलले सकेनछ मन जोड्न
मेची नदी तर्दै ऊ कतै चुहिएछ !
बिदाइमा हल्लने ए हातहरू ! पातहरू !
मलाई खोज्दै कोही आए भन्दिनू
यहाँबाट वनसाङ्लाका पीरले
दुखेको मन माटामै पुरेर
घरसाङ्लो कतै हिँडेछ
चुँडाएछ घाँटीको दाम्लो अनि
बस्तुभाउ पनि खोलिदिएछ
सतार साथी मेची तरेछ
यसरी एउटा मन
हेर्दाहेर्दै आँखैबाट पोखिएछ ।
(नोट- सतार एक आदिवासी जनजाति हो जो नेपालको झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्दछ ।)
सालिकविनाको सडक
सालिकविनाको सडककस्तो हुन्छ होला भन्थे सबै
आज त्यही सालिक ढलेको छ
सबैलाई देब्रे पार्ने सालिक
आज गिरेको छ
बीच बाटोमा दिउँसै यात्री तर्साउने
सालिक आफैँ तर्सेर हिँडेको छ ।
मान्छे हिँड्नलाई
आज सडक साँगुरो भएको बेला
सडक ढाकेर बस्ने अझ
यात्रुसँग घरीघरी निहुँ खोज्ने सालिकलाई
मालिक बन्न खोज्ने सालिकलाई
ठेगान लाएका छन् यात्रीले
हिँड्ने बाटो आज फराकिलो भएको छ
सालिकविनाको सडक
हुन पनि हो
सबै बटुवा
सधैँ लठुवा
कहाँ हुन्छन् र !
कम्लहरी
मलाईमाघीसँग डर लाग्छ आमा !
मलाई यो माघमा
तिम्रो न्यानो काख छाडेर
महाजनको घरमा
जान पटक्कै मन छैन !
भोक लाग्नुको अपराधमा
आङ ढाक्न खोज्नुको सजायस्वरूप
जानुपर्यो मैले परायाघर
अब तिम्रा दूधले मेरा पेट भरिएनन् आमा !
तिम्रा मायाले मात्र अब मेरा लाज छोपिएनन् बा !
पापी पेट र पापी शरीरकै लागि
म आज बेचिनुपर्यो अर्काको घरमा
यो झुप्रो छाडेर त्यो दरबार जान बन्दै मन छैन
मलाई !
तर
मेरा बाआमा नै
बिदा गर्दैछन् मलाई
म के गरौँ के नगरौँ !
लाग्छ, म चर्न जाँदैछु पेट भर्न
रहर बेच्दैछु लाज ढाक्न
मलाई आफ्नै घरबाट लखेट्न
किन आउँछ यो माघी हरसाल ?
म दुःखी कम्लहरी
अब दुःखमै मर्छु होला !
जाने बेलामा
यत्ति त भनिदेऊ आमा !
मलाई सुत्ने बेलामा
त्यहाँ कसले कथा सुनाउँछ ?
(नोट-पश्चिम नेपालमा थारू जातिका छोरीलाई सातआठ वर्षको उमेरमा साहू–महाजन, जमिनदार एवम् कर्मचारीका घरमा कामका लागि पठाउने प्रथा कम्लहरी हो ।)
मन्दिरमा
देख्छुमन्दिरभित्र
ईश्वर मूर्तिमा मुस्कुराइरहेछ
मन्दिरबाहिर
ईश्वर सशरीर रोइरहेछ
भक्तहरू मूर्तिमै झुम्मिएका छन्
ढोकैनेर जीवन ओछ्याएर
एउटी दीनहीन आमा
माघको जाडामा
रोइरहेको बच्चालाई
स्तनपान गराउँदैछिन्
एक हात बच्चाको शिरमा
अर्को हात श्रद्धालु आँखातिर फैलाएर
आनासुकी दया टिप्दैछिन् !
भगवान् एकातिर
भिखारी भेषमा धुरुधुरु रोएका छन्
अर्कातिर बच्चाको ओठमा मुस्कुराएका छन्
ईश्वरका रूपहरू देखेर
म साँच्चै अल्मलिएको छु यस बेला
खै कता चढाऊँ भेटी
कतातिर फर्केर ढोगौँ
कता फर्काउँ पिठ्यूँ
कतातिर फर्केर गरौँ पूजा !
मन्दिरमा ।
मुकुन्डो आतङ्क
यो कुरुक्षेत्र होजताततै
मुकुन्डामा छेलिएर मान्छे
मान्छेलाई नै तर्साइरहेछन्
आपसमा तीर, पीर सबै बर्साइरहेछन्
अनगिन्ती निसानाबाट जोगिँदै
कताकता भागौँ म ?
डसिँदै कहाँ कहाँ लखेटिऔँ म ?
चिन्दिनँ खै ! को मान्छे ? को हो !
केवल मुकुन्डै-मुकुन्डा मात्र छन् !
खै ! देखिन्न
मुकुन्डाभित्र कोही
हाँसेको छ कि रिसाएको छ
पढ्नै सकिन्न
मुकुन्डामा छोपिएर कोही
बोल्दैछ कि बर्बराउँदैछ
सबै मुकुन्डोधारीहरू
साना प्वालबाट दुनियाँलाई
नियाल्छन् र प्रहार गर्छन्
लाखे नाचेको भन्दै
दुनियाँ तर्साइरहन्छन् ।
ओहो !
कत्रो छलछाम रहेछ
यो अभिनयमा
कति बेइमानी रहेछ
यो युद्धमा
जसले जति राम्रो
मुकुन्डो भिर्यो
जित उसैको हुँदोरहेछ
जसले मुकुन्डो
जति धेरै लगायो
युद्ध उसैले जित्दोरहेछ ।
अचम्म !
मुकुन्डाका ती साना प्वालबाट
मान्छे चिथोर्न गजब हुँदोरहेछ
मुकुन्डाको आडमा लुकेर
भुक्न अझ मजा आउँदोरहेछ
यसरी आफूखुसी डस्न मात्र हैन
मुकुन्डो लगाएपछि त
नाङ्गिएर मच्चीमच्ची नाच्न पनि मिल्दोरहेछ ।
यसैले होला
मान्छे प्रायः
मुकुन्डो भिर्ने गर्छन्
युद्धको नियम मिच्दै
छेलिँदै प्रहार गर्छन्
सायद
म
अघोषित युद्धमा धकेलिएको छु
बच्नलाई अर्थात् बाँच्नलाई नै
मुकुन्डाबाट लखेटिएको छु ।
नदी निदाएको बेला
केवल रमिता हेर्छन् तररातो अचानामा बगेको महाभारत
पढ्ने आँखा अझै उघ्रेनन्
द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो
जीवनहरण दिउँसै भइरहेछ
नारीलाई बोक्सी आरोपित गरेर
लछारपछार गर्दै दुनियाँ
जननीको गला निमोठ्दै छ
मानवशून्य बन्दै मान्छे
दिसापिसाब मुखमा बलात् कोच्दैछ
घाँटी थिचेर चीत्कार दबाइँदै छ
यसरी एउटी अबलाको जीवनयात्रा
निषेध भएको छ ।
निर्धो हुनाको कारण
कहीँ अछूत हुनुको कारण
अपजसका भारी बोकाउन
जताततै म पुत्ला बनाइएकी छु
बाँच्ने सारा आकाङ्क्षा निमोठ्दै
आँगनैमा
मृत्युदण्डको घोषणा सुनाइएको छ
अचानामाथि उभ्याइएकी छु
छिनमै गल्र्याम्म ढल्दै छु
उनिँदै छु अङ्गुलिमालका मालामा
सुन्छु तमासा हेर्नेका ताली मात्र
यो उपद्रव छेक्ने हात खोइ उठेका ?
जीवन हिँडिरहेको हरफलाई
पूर्णविराम लगाइएको बेला
यो अत्याचारविरुद्ध
कलमका बिर्का खोइ खोलिएका ?
मान्छे मान्छे छेक्ने गरी
मनभित्र पर्खाल किन ठड्याइएका ?
हरबिहान
यही धरतीमा
खस्छन् ताराहरू
तर यसैमा दुःख लाग्छ
मेरो टाँगमुनिको
रातो अचानामा पोखिएका
रगतका नाता सुमसुम्याउने
कुनै हृदय अझै ओर्लेनन्
कुनै आँखा
धरतीमा अझै खसेनन्
कहीँ उम्रेनन, टुसाएनन् कतै पलाएनन्
ताण्डवनृत्य पटाक्षेप गर्ने हात
ए नदी ! ब्यूँझ निन्द्राबाट
बुद्ध ! अब त उघार आँखा !
पर्यटकसित
पर्यटक !आउन त आयौ
तर माफ गर
अहिले हामी सडकबन्द
चुल्होबन्द गर्न व्यस्त छौँ
तर्साउनेसित तर्सेर
त्रस्त छौँ, अस्तव्यस्त छौँ ।
कृपया हामीलाई
दिनभर अघाउन्जेल जुध्न देऊ
धीत मरुन्जेल भिड्न देऊ
बाबुछोरा लड्न देऊ
भाइ–भाइ भिड्न देऊ
सासूबुहारी जुध्न देऊ
अरू के गर्नु खै !
सकिएन त ! हराउनुपर्नेलाई हराउन
आफैलाई एक पटक हराउन देऊ
पछि गरौँला हिसाब-किताब !
पर्यटक ! माफ गर
आज लुम्बिनी जाने बाटो बन्द छ
उड्ने, गुड्ने बाटो सबै बन्द छ
मात्र चालू के छ भने
हामी अत्यन्त व्यस्त छौँ
एकअर्काको केश गन्दै छौँ
एकअर्काको दाँत झार्दै छौँ
आपसका करङ सोझ्याउँदै छौँ
अलि सुहाएन रे !
अझै हामी शिशु नै छौँ !
पर्यटक महोदय
यस पटक स्वागत गर्न सकिएन
माफ गर !
हामी नेपाली अहिले
वीरतापूर्वक देश बनाउँदै छौँ ।
आफ्नै घरभित्र
आफ्नै घरमादश वर्षपछि
डराई डराई
ढोका उघार्दैछु !
कुनै बेला धपाइएथेँ यही घरबाट
आज केवल माकुरी जालो छ घरभित्र
न खाने चामल, न पकाउने भाँडाकुडा छन्
जूठो खाने न कुखुरा छन् न घाँस खाने बोका छन्
टाट्नामा
केवल म छु
बाबु गुमाएका टुहुरा लालाबाला छन्
साथमा मृत्यु कुरिरहेकी बूढीआमा छिन्
आज आफ्नै घरले पनि खै नचिनेजस्तो छ
एक लोहोटा पानी दिने हात छैनन्
एक छाक खुवाउने मन खोइ ?
ढिकीजाँतो पनि चल्न मान्दैन
नबोलीकन झोक्रिरहन्छ चुल्हो
कसरी टालौँ यो चुहिने छानो
मन त्यसै हुँडलिएर आउँछ
छोराछोरीसामु
खै रुनु पनि कसरी
दिनरात घर सम्झें
र फर्केर आएँ
आफ्नै घर !
खोइ, छिमेकी मेरा
खोइ, धारापधेँरा
खोइ, खेतबारी
खोइ, चौतारी
खोइ, हिँड्ने गोरेटो
कसलाई भेटौँ पहिले
कसलाई सोधूँ म
अनेकौँ मेरा यी जिज्ञासालाई !
यति बेला कता बिलाए ती तोतेबोली
कहाँ पोखिए तिम्रा ती चम्किला आँखा
ए नानी हो ! उठ, खोज त
तिम्रा सहिद बाको तस्बिर
छ कि कतै कुनामा
झुन्ड्याऔँ
मूलढोकामा ।
क्रान्तिको मूल्य
कुम्भकर्ण ब्यूँझाउनउसको नाकभित्र
घर छाउने खर सल्काउनुपर्छ
कलम, ज्यावल र झन्डाले
ठुङ्नुपर्छ उसको शरीर
तर्सने गरी हतियार पड्काउनुपर्छ
र उसका आँखा उघार्न
मान्छेकै रगतपानी छ्याप्नुपर्छ
यत्तिले नपुगे ठ्याप्पै चक्काजाम गर्नुपर्छ
नाक, मुख टालिदिनुपर्छ
अनि बल्ल उठ्छ ऊ
आङ तन्काउँदै !
ऊ उठेपछि पहिले
प्याला माग्छ
आँसुले भरिएको
अनि खाना माग्छ
बमले पकाएको मान्छेको रोस्ट
क्रमशः केटाकेटी खेल्ने सिङ्गो आँगनलाई
खानाखाने टेबुल बनाउँदै
सबै कुरा खान्छ लाजै नमानी खान्छ
चिचिलासमेत बाँकी नराखी खान्छ र डकार्छ
चराहरू भुरुर्र उड्छन् हच्केर !
हावाहुरी थामिएर
बिहान उज्यालामा हेर्दा पो देखेँ
हाम्रा बस्तीहरू जिन्दाबाद र मुर्दाबादले
जताततै माँडिएछन् र मैदान भएछन्
खेतमा रोपेका बोटबिरुवा, बाली पनि
ढलेछन् मान्छेका छातीमै,
लडेर मान्छेहरू उठ्दैछन् भुइँबाट
टक्टक्याउँछन् जीउका धूलोमैलो
ठोक्किएको घुँडा नदुख्याझैं गरी
रुन्चे हाँसो छर्छन् र
हिँड्छन् खल्च्याङ्ग खल्च्याङ्ग !
सबै थाहा छ मान्छेलाई
गन्तव्यको मूल्य
अनि थाहा छ
हिँडाइका दुःख, घाउ र पीडाको अर्थ
तर थाहा छैन
कहाँ पुगेपछि निको होला घाउ
कति हिँडेपछि बिर्सने होला पीडा
अनि थाहा छैन
अझै कति अञ्जुली सिन्दूर, समय र हृदय
लिलाम भएपछि मात्र
चुकाउला मान्छेले
क्रान्तिको मूल्य ।
सुकुमबासी
डढेलाले खाएको एउटा डाँडामाठिङ्ग उभिएको डरलाग्दो ठुटो भेटेँ
उसका पातहरू सबै डढेका थिए
हाँगाहरू सबै पिल्सिएका
फलहरू अचकल्टा पाकेका
आगाले पनि निल्न नसकेको
डढेको एउटा रूखको ठुटो भेटेँ !
उसले भन्यो
चुल्होमा बल्न म
हरेक दिन बन्चराले
चिरिदैछु,, काटिँदैछु र खिइँदैछु
न कुनै आकार छ मेरा न आधार नै
छ न कुनै रङ्ग, न ढङ्ग नै जीवनको ।
मैले उसको जीवनको अर्थ यसरी बुझें-
सदा अभावको चुल्होमा बल्ने
तिम्रो उर्जा र भाग्य
टीठलाग्दो मात्र हैन
सुन्दर पनि छ
अनि,
बुझिनसक्नु रहेछ तिम्रो नियति !
कति आकर्षक तिम्रो सौन्दर्य !
सायद कुनै कलाकारले अन्जानमै बनाएको
अमूर्त कला तिमी सुकुमबासी !
भगवानसँग
केटाकेटी छँदाआँखा फेटाले छोपेर
साथी छुने खेल खेल्दथेँ म
तर आज
आँखा खोलेर पनि
कतै भेटिनँ तिमीलाई !
हे भगवान् !
सर्वत्र छामेर पनि
कतै पाउँदिनँ तिमीलाई
एउटा कुरा सोध्नु थियो-
के म अझै उस्तै छु
तिमीले सोचेजस्तै
बनाएजस्तै !
सतीढुङ्गानेर अरूण
म अरुण !बगेर यहाँ आइपुग्दा
सती जानेको होड देखेर
आफै अल्मलिएँ !
सर्वाङ्ग भइ सबै
आँखा चिम्लेर उफ्रन्छन्
एकअर्कालाई तान्छन् ठेल्छन्
मलामीहरू !
डम्फू आ–आफ्नो छ
ताल, सुर अलग छ
झन्डा, डन्डाका छाल उर्लेको छ
सतीढुङ्गामा चढ्न उक्साउँदै छन् मलामी
उत्सर्गका लागि पालो पर्खदै छन् मान्छे
चीत्कार थिच्दै जयजयकार उर्लेको छ ज्वालामा
म अरुण एकछिन रोकिएको छु !
सरगम नमिलेर
घरीघरी अल्मलिन्छन् मलामी
कहिले हेर्छन खरानी बग्ने खोलातिर
हेर्छन् कहिले धूवाँ उड्ने आकासतिर
बग्दाबग्दै रोकिएर रमिता हेर्दैछु म !
सती जाने र मलामीको हुल देखेर
मर्नु बाँच्नुको दोसाँधमा
बग्नु नबग्नुको दोधारमा छु
मान्छे उचाल्नु धकेल्नुको अर्थ नबुझेर
अहिले म अल्मलिएको छु
दोभान नभेटेर दोधारमा
आज अचानक
सतीढुङ्गानेर ठोक्किएको छु
अक्मक्किएको छु, छट्पटिएको छु
म अरुण !
भीर र गोरेटाहरु
उ त्यो भीरउहिल्यैदेखि डरलाग्दो थियो
हरेक यात्रुलाई तर्साउने
किच्लाझैं अड्किएको
ठूलो ढुङ्गा छेवैमा थियो
दिनहुँ हिड्नै पर्ने
चुनौतीको फेदैमा
एउटा गोरेटो थियो,
ए ! झन्डै भुलेंछु
डराई डराई
हिड्ने म थिएँ ।
धेरै बग्यो पानी तम्मर खोलामा
पहिरा धेरै गए भीर छातीहरुमा
नातिनातिना काखमा च्यापेर
म कथा सुनाउँदै छु
मृत्यु प्रतिध्वनित हुने
त्यो भीर र ढुँङ्गा
जहाँको त्यहीं छ
जस्ताको त्यस्तै छ
गोरेटो उही छ
केवल हिजो कोही थियो
आज मसँग तिमीहरू छौ
भोलि तिमीहरुसँग
अरु कोही हुनेछन्
नदीमा पानी उही बगेझैं
शरीरमा रगत उही रातै हुनेछन्
मनमा मृत्युको भय कालै हुनेछन्
फरक केवल पात्र र पाइलाहरु
सायद,
उही हुनेछन् भीर र गोरेटाहरु ।
जीवन बोध
हालखवर !ठिकै छ यार,
बॉचेकै छु
ढुकढुकी चल्दैछ,
सास फेर्दैछु
तारा सारा दिन गनेर भएनी
जिएकै छु मृत्युलाई छलेर
ढुक्क बाँचेकै छु ।
मलामी हिडेको छु
कैयौ अन्तिम अंजुली
फूल र माटो चढाएको छु
मुङलान जानेलाई
विदाईका हात
कैयौ पटक हल्लाएकै छु ।
दुख सुखका कुरा छोडौ यार
दुर्घटना, भीडन्त
अपहरण बाट
जतन गर्दा गर्दै
यो जीवन
जीवन नभएर के भो र
जीव भएर नी बाच्न त पाईयो
आउ, यसैमा खुशी मनाऊँ
अहो ! हामी धन्य रहछौं ।
कमसेकम आजसम्म रहेछौं ।
बेनीको बजार
चैतको उराठ दिनऑधि चलिरहेछ
ढोका थुनेको छु
झ्याल, भेन्टिलेसनबाट
हावा धुलो आईरहेछ ,
ऑखा ठोक्किन्छन्
छतका चिराहरु नियालिरहेछु
तै कोठाभित्र सुरक्षित हुन खोज्छु ।
झुम्रोले रेडियोको धुलो पुच्छु
रेडियो भने घन्कंदैछ
“बेनीको बजार, जता माया, उतैछ नजर”…
माया गुरुङ्गको गीत बज्छ
तर, आज यो गीतमा मोहनी छैन
माया प्रितिका बाबरी वास्ना छैन
कठै के भए होलान्
यो गीत गाउने र नाच्ने
माया गुरुङ्ग र उनका साथीहरु
रेडियो घरीघरी समाचार दिन्छ
पॉचशय जना मरे मारिए
आज गीतको लय नै बेग्लै लाग्छ
मायैं माया फूल्ने
मायाको त्यो बेनी बजारमा
आज हिंसा फक्रिएछ ।
यता म भनें आज,
आफ्नो घरको भुई,छत, भित्तामा
चर्किएको चिराहरुमा चिरिन्छु
सिमलको भुवा मलाई नै पछ्याउंछ
पोईला जान पनि खै मनै छैन
भैगो लौ मोहनी फुकाई देऊ ‘माया’ !
यस पालिको चैत उदास उराठ छ ।
शब्दहरू
समान रुपमाहामीले बोल्ने बुझ्ने भाषा
अनि एउटै अर्थ लाग्ने शब्दहरु
जब माकुराहरु जाल बुन्छन्
ब्याकरण र शास्त्र कोर्छन् पंडितहरु
तब शब्दार्थ तन्काइन्छन् चेप्टाइन्छन्
काखा पाखा लगाईन्छन् अर्थहरु
उभ्याइन्छन् भेदभावका पर्खालहरु
बन्दी बनाइन्छ शब्दावली
निर्बस्त्र चुटिन्छन्
छानी छानी शब्दहरु
न्याय नपाई शब्दहरु
सडक पाखा भौंतारिन्छन् ।
चपाइएका शब्दहरु
धरातलबाट धकेलिएका शब्दहरु
कविता, गीत र सडकमा
अटाई नअटाई ओइरिरहेछन्
संगीत र धूनमा पछारिएका छन्
मसीमा रुपान्तरित भएर
शब्दहरु पाना खोजिरहेका छन्
रगतमा अनुवाद भएर शब्दहरु
जीवन खोजिरहेछन्
शब्दहरु
खोसिएका अर्थ खोजिरहेछन्
जीवन खोजिरहेछन् ।
मेरो हाङपाङ
कसैले नदेखुन् भनेर शायदत्यत्ति माथि हिऊँमा जाडो नमानी
कंञ्चनजंघा र कुम्भकर्ण हात समाई
धान नाचेको देखेर
कम्मरमा तम्मरको पटुकी कसेर
मेरो हाङपाङ
चाँगे र छिन्ताङ सँगै
मरक्कै धान नाचिरहेछ
थाहै नपाई मेरो हाङपाङले
म सित मीठो माया साँटेछ ।