Posts

Showing posts with the label Essays

नेपाली भाषाको बहुलतावादी वास्तविकता:

  नेपाली भाषाको बहुलतावादी वास्तविकता: आदिवासी भाषिक योगदान, संस्कृतिकरण र भाषिक नीतिको विवाद — डा. नवराज सुब्बा सारांश नेपालको बहुभाषिक र बहुसांस्कृतिक वास्तविकतालाई नकार्दै, प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरूले "भाषाको स्तरीकरण" को आह्वान गरेका छन्। यसले आदिवासी भाषाहरूको योगदानलाई अदृश्य पार्ने र संस्कृत-केन्द्रित नेपाली भाषाको वर्चस्व बढाउने खतरा जनाउँछ। यस अनुसन्धानले भाषिक समावेशिता, आदिवासी शब्दको स्वीकार्यता, र अन्तर्राष्ट्रिय भाषा नीतिहरू को तुलनात्मक विश्लेषण गर्दै, नेपाली भाषाको बहुलतावादी मोडेलको पक्षमा तर्क प्रस्तुत गर्दछ। नेपालको भाषिक परिदृश्य जटिल बहुभाषिकता र सांस्कृतिक विविधता को उत्कृष्ट उदाहरण हो। तर प्रज्ञा प्रतिष्ठान लगायत संस्थाहरूले "शुद्ध नेपाली" को अभियान चलाउँदै आदिवासी भाषाहरूबाट आएका शब्दहरूलाई अस्वीकार गर्ने प्रवृत्तिले भाषिक समावेशितामा गम्भीर चुनौती उत्पन्न गरेको छ। यस अनुसन्धानले तिन प्रमुख आयाममा केन्द्रित छ: १. ऐतिहासिक सत्य: नेपाली भाषा खस, आदिवासी र संस्कृतको मिश्रणबाट विकसित भएको। २. वर्तमान विवाद: संस्कृत-केन्द्रित भाषा न...

शैव दर्शन: आध्यात्मिक र ऐतिहासिक यात्रा, दर्शन र परम्पराको खोज

Image
डा. नवराज सुब्बा शिवबारे ज्ञान प्राप्त गर्नु केवल धार्मिक उपासनाभन्दा धेरै माथि जानु हो। शैव दर्शन भक्ति मात्र होइन, यो ब्रह्माण्डीय ऊर्जा, आत्मचेतना, र आध्यात्मिक गहिराइ बुझ्ने मार्ग हो। शिवलाई शैव परम्परामा "सच्चिदानन्द" (सत्-चित्-आनन्द) अर्थात् अस्तित्व, चेतना, र परमानन्दको स्रोतका रूपमा चित्रण गरिएको छ। यस अध्ययनमा शैव दर्शन, शिव-शक्ति सम्बन्ध, शिवलिङ्गको प्रतीकात्मकता, र यसको वैज्ञानिक तथा दार्शनिक पक्षहरूको विश्लेषण गरिएको छ। यस लेखको दोस्रो भागमा आद्य-शैव परम्पराबारे जानकारी छ। सिन्ध हरप्पा सभ्यता र वैदिक परम्परा पूर्व विश्वव्यापी रहेको शैव दर्शनको प्राचीन स्वरूप आद्य-शैव परम्पराबारे पनि संक्षेपमा जानकारी दिइएको छ।  (क)        शैववाद १. शिवको दार्शनिक परिभाषा शिव कुनै विशिष्ट देवता मात्र होइनन्; तिनी "परम तत्त्व" हुन्। शैव दर्शनले शिवलाई निर्गुण (रूपरहित) र सगुण (रूपसहित) दुवै रूपमा बुझाउँछ। निर्गुण शिव – "शिवोहम्" (म शिव नै हुँ) भन्ने अद्वैतभाव। सगुण शिव – पशुपति, नटराज, भैरव, योगी आदिका रूपमा प्रकट हुने। २. शिव-शक...

Samayako Swad