Lyrics

(२) 'मन र माटो'
विधाः गीत गजल 
लेखकः नवराज सुब्बा 
प्रकाशकः पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर
Book Download Click

(१) सहिदलाई सलाम
विधाः गीत
लेखकः नवराज सुब्बा
प्रकाशकः साझा प्रकाशन

Book download Click

सहिदलाई सलाम!


सिङ्गो जीवन बलिदान दिनेलाई सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।

देशको मुहार फेर्न तिमी सँधै अघि बढ्यौ
स्वतन्त्रता र न्याय खातिर लड्दालड्दै मर्यौ
यस्त वीर सपुतलाई लाखौं लाख सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।

जनताका आवाजमा आफ्नो बोली गाँस्दै
आफ्ना हक खोस्नेसित हरदम लड्दै
हार कैले नमान्ने योद्धालाई सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।

शोषित पीडित जनताको आत्मबल भर्ने
दीनदुःखीका सपनालाई अति माया गर्ने
भेदभावका पर्खाल तोड्ने वीरलाई सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।


देशको माया

देशको माया गर्नु भन्या आफैलाई चिन्नु रैछ
धरतीको धुकधुकी र बोली सबको सुन्नु रैछ ।

आँखा हाम्रो अगाडि छ अगाडि नै बढ्नुपर्छ
अतीतका तीता भुल्दै मिलिजुली जुट्नुपर्छ
देशको माया गर्नु भन्या स्वार्थलाई त्याग्नु रैछ
सहिदको सपनालाई मनमा सम्झिराख्नु रैछ ।

गरिखाने हात कहिले बाँधिराख्न हुँदैन है
कर्मशील पाइलाहरू रोकिराख्नु हुँदैन है
देशको माया गर्नु भन्या इमान्दार बन्नु रैछ
लक्ष्य हाम्रा पूरा गर्न लगनशील हुनु रैछ ।

दुई दिनको चोला

दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ
सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ ।

कर्मसितै लिनु पर्छ सन्तुष्टीको स्वाद
जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ ।

मनमनै पखालेर निरासाको स्वाद
तीतो जति निचोरेर फाल्नु ठूलो रैछ ।

प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद
मीठो जति अरूलाई बाँडनु ठूलो रैछ ।

No comments: