हामी नेपाली
 Nepali Nepali hami Nepali      (शब्दः डा. नवराज सुब्बा, संगीतः साजन राई, स्वरः साजन राई, नितु गोस्वामी र सरिता राई)   नेपाली नेपाली हामी नेपाली  मधेसी होस् वा जनजाति हामी नेपाली  दलित होस् वा तागाधारी हामी नेपाली  हिमाल पहाड तराई माटोको रङ्ग एउटै छ  शर्मा सेर्पा थारू राई रगतको रङ्ग एउटै छ ।   मेचीमा घाम झुल्कँदा कालीको शीत पग्लिओस्  हिमाल पग्ली झरेर मैदान सारा भिजाओस्  थिचो र मिचो टिक्दैन, उच र नीच नसम्झौं  मिलेर फूलबारीमा बराबर माया रोपिदिऊँ ।   थर हो मान्छे चिन्नलाई होइन छुटिई जानलाई  आपसमा हामी मिलेर मानिस एक बन्नलाई  विदेश राम्रो भन्दैमा दियोको पुतली नबनौं  जन्मेको माटोपानीलाई चटक्कै हामी नबिर्सौं ।   नेपाली नेपाली हामी नेपाली  बुद्ध या हिन्दू, इसाई या मुस्लिम हामी नेपाली  धनी या गरिब, मजदुर या मालिक हामी नेपाली ।