Posts
आकाश र आत्माबीचको संवाद | खण्डकाव्यको पृष्ठभूमि | Dr. Nawa Raj Subba द्व...
- Get link
- X
- Other Apps
मुक्कुमलुङको आवाज
- Get link
- X
- Other Apps
शिरिजङ्गाको सपना, यलम्बरको हुंकार,  धेरै टाढाबाट सुनिन्छ मुक्कुम्लुङको पुकार।  सयौँ जन्मको सुस्केरा, पहाडको छातीमा,  अझै जीवित छ, किरात पुर्खाको गीतमा।  यो ढुंगा होइन, आत्माको संकल्प हो,  यो वन होइन, प्रकृतिको कसम हो।  यहाँ हावा चल्दैन, पुर्खाहरूको श्वास बग्छ,  यहाँ पानी झर्दैन, आकाशले आँसु झार्छ। रू  पहिरो झरे पनि इतिहास झर्दैन,  रूख ढले पनि जरा मर्दैन।  हाम्रा देवता छातीमा उभिन्छन्,  हाम्रा पुर्खा सम्झनामा दीप बनेर बल्छन्।  केबल कारको तुवाँलोले छोप्न सक्छ र?  यो पवित्र ढुंगाको उज्यालो बिहान?  शब्दहरूले ओझेल पार्न सक्छ र?  लिम्बू आत्माको मौलिक स्वाभिमान?  हाम्रो यात्रा पहाडसँगै बोल्छ,  हाम्रो भाषा हावासँगै बग्छ।  हामीलाई उड्न पखेटा चाहिँदैन,  हामीलाई चढ्न मेसिन चाहिँदैन।  यो भूमिमा टेक्न गहिरो सम्मान चाहिन्छ,  यो पवित्रता छुन शुद्ध आत्मा चाहिन्छ।  यदि तिमी मुक्कुम्लुङ पुग्न चाहन्छौ भने,  पहिले आफ्नै भित्री आवाज सुन्न सक्नुपर्छ।
शैव दर्शन: आध्यात्मिक र ऐतिहासिक यात्रा, दर्शन र परम्पराको खोज
- Get link
- X
- Other Apps
 
डा. नवराज सुब्बा    शिवबारे ज्ञान प्राप्त गर्नु केवल धार्मिक उपासनाभन्दा धेरै माथि जानु हो। शैव दर्शन भक्ति मात्र होइन, यो ब्रह्माण्डीय ऊर्जा, आत्मचेतना, र आध्यात्मिक गहिराइ बुझ्ने मार्ग हो। शिवलाई शैव परम्परामा "सच्चिदानन्द" (सत्-चित्-आनन्द) अर्थात् अस्तित्व, चेतना, र परमानन्दको स्रोतका रूपमा चित्रण गरिएको छ। यस अध्ययनमा शैव दर्शन, शिव-शक्ति सम्बन्ध, शिवलिङ्गको प्रतीकात्मकता, र यसको वैज्ञानिक तथा दार्शनिक पक्षहरूको विश्लेषण गरिएको छ। यस लेखको दोस्रो भागमा आद्य-शैव परम्पराबारे जानकारी छ। सिन्ध हरप्पा सभ्यता र वैदिक परम्परा पूर्व विश्वव्यापी रहेको शैव दर्शनको प्राचीन स्वरूप आद्य-शैव परम्पराबारे पनि संक्षेपमा जानकारी दिइएको छ।   (क)        शैववाद  १. शिवको दार्शनिक परिभाषा  शिव कुनै विशिष्ट देवता मात्र होइनन्; तिनी "परम तत्त्व" हुन्। शैव दर्शनले शिवलाई निर्गुण (रूपरहित) र सगुण (रूपसहित) दुवै रूपमा बुझाउँछ।   निर्गुण शिव  – "शिवोहम्" (म शिव नै हुँ) भन्ने अद्वैतभाव।  सगुण शिव  – पशुपति, नटराज, भैरव, योगी आदिका रूपमा प्रकट हुने।   २. शिव-शक...